समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताउनुभएको छ ।

रोल्पाको लिवाङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपिल गर्नुभयो ।

“समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ । आमनेपालीले एकपटक मत दिएर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ”, संयोजक दाहालले भन्नुभयो,“विगतमा आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा थालेको अभियानलाई निष्कर्षमा पुर्याउन पनि नेकपालाई विजयी गराउन आवश्यक छ ।”

 हाल देखिएको राजनीतिक सङ्कटबाट मुलुक र जनतालाई मुक्त गर्ने शक्ति नेकपा मात्रै भएको जिकिर उहाँले राष्ट्रिय एकतालाई मबजुद पार्दै समृद्धिको यात्रामा अघि बढ्न अपरिहार्यता भएको बताउनुभयो ।

नेकपाका नेता एवं रोल्पा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जनअपेक्षा पूरा गर्ने बताउनुभयो । मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेन्डा नेकपासँग मात्रै भएको दाबी गर्दै उहाँले राष्ट्रियताको रक्षा र समृद्धिको ढोका आफूहरूले मात्रै खोल्न सक्ने बताउनुभयो ।

सम्बन्धित समाचार