नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।


प्रधान सेनापति अशोकराज सिग्देलले आइतबार हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।
त्यस क्रममा उहाँले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको थियो । उहाँले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।
