श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उहाँ सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

यहाँ एक लाख ५० हजार ३९३ मतदाता छन् ।

सम्बन्धित समाचार