नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा अग्रता लिनुभएको छ ।
हालसम्मको मतपरिणामअनुसार तामाङले ५५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत पाउनुभएको छ ।
त्यस्तै , नेपाल समाजवादी पार्टी (तारा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत पाउनुभएको च । ।
