नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । उहाँले फराकिलो मतान्तरले अग्रता लिनुभएको हो ।
लामिछानेले ३ हजार २६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहनु भएको छ ।
यता नेपाली कांग्रेसकी मीना खरेल १ हजार ९४ को मत प्राप्त गर्नुभएको छ ।
