नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
नेकपा (एमाले) चार , नेपाली कांग्रेस पाँच र नेपाली कम्युनिष्ट पार्टी दुई स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । स्वपाले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।
त्यस्तै ललितपुर र भक्तपुरका २–२ वटा क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि रहेका छन् ।
