नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु विजयी भएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्नुभएको छ ।
योसंगै रास्वपाले जितको खाता खुलेको छ ।
