झापा–५ मा बालेनको अग्रता कायमै, ओली दोब्बर मतले पछाडि

झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका केपी शर्मा ओली भन्दा दोब्बर मतले अग्रता लिनुभएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले १० हजार १९० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले अध्यक्ष ओलीले ४ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपाका रन्जित तामांगले ९० मत प्राप्त गर्नुभएको छ । यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा हुनुहुन्छ । उहाँले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार