सिरहा–१ मा रास्वपाका गुप्तालाई अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ताले सुरुआती अग्रता लिनुभएको छ ।

निर्वाचन कार्यालयले दिउँसो २ः०० बजे सार्वजनिक गरेको विवरणअनुसार जम्मा एक हजार २१५ मतगणना हुँदा गुप्ताले ७७९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईका अनुसार नेपाली कांग्रेसका रामसुन्दर चौधरीले २०२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एमाले) का रामशङ्कर यादवले १२७ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख ११ हजार ९४९ मतदाता रहेकामा ७० हजार ७६५ मत खसेको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

सम्बन्धित समाचार