काठमाडौँ–१० मा रास्वपाको अग्रता

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले निकटम प्रतिद्वन्द्वीभन्दा अग्रता लिइरहनुभएको छ ।

हालसम्मको कुल सदर २६ हजार ७४३ मतमध्ये विष्टले १६ हजार ४३० मत प्राप्त गर्नुभएको छ भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हिमाल कार्कीले चार हजार २१३ र तेस्रो स्थानमा रहेका एमालेका विनोद श्रेष्ठले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा भइरहेको मतगणनामा अहिले कीर्तिपुर नगरपालिका–७ को मतगणना भइरहेको छ ।

काठमाडौँ–१० मा हालसम्म एक हजार १२७ मत बदर भएको छ । काठमाडौँ–१० मा कुल ६० हजार १५१ खसेको थियो ।

सम्बन्धित समाचार