सिरहाका चारै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा एक हजार २१५ मतगणना हुँदा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले ७७९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरीले २०२ मत र नेकपा (एमाले)का रामशङ्कर यादवले १२७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा दुई हजार ३१६ मतगणना हुँदा रास्वपाका उम्मेदवार शिवशङ्कर यादवले एक हजार ४७१ मत प्राप्त गर्दै अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले ३०७ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले ११८ मत प्राप्त गर्नुभएको छ ।

ढिलागरी मतगणना सुरु भएको निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार डा शम्भु यादवले एक हजार १७७ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ साहले ८३३, नेकपा (एमाले) का लीलानाथ श्रेष्ठले ७७८, नेपाली कांग्रेसका डा सुभाषचन्द्र यादवले ४३६ तथा जनता समाजवादी पार्टीका अशेश्वर यादवले ६८६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ४ मा बेलुका ४ः०० बजेसम्मको विवरणअनुसार आठ हजार ९७० मतगणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले चार हजार ३५५ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशङ्कर नायकले एक हजार १४० मतसहित पछ्याइरहनुभएको छ । यहाँ जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले ८८९, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादवले ७१० तथा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले ५४१ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार