नवकान्तिपुर संवाददाता
चितवन, २२ फागुन ।


प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा चितवनका तीन क्षेत्रमा नै रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल तीन हजार ५०३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दावादोर्जे लामा दुई हजार १०९ मतसहित देस्रो स्थानमा हुनुहुन्छ भने तेस्रो स्थानमा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा रास्वपाका उम्मेदवर रवि लामिछानेले १० हजार ८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले तीन हजार २२७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका अस्मिन घिमिरेले दुई हजार ८४६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार सोविता गौतमको नौ हजार ८७९ मत प्राप्त हुँदा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेका शङ्करराज थपलियाले एक हजार ४६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना अन्य मतदाता रहेका छन् ।
