काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ मत प्राप्त गरेर विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गर्नुभएको छ ।

श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका रास्वपा केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गर्नुभएको थियो । उहाँले वाणिज्य प्रशासनमा स्नातक गर्नुभएको छ । श्रेष्ठलाई संस्कृति सम्पदा भाषा र गुठीको संरक्षण अभियन्ताका रुपमा पनि चिनिन्छ ।

जलवायु परिवर्तन, (कार्बन ट्रेडिङ) र ‘एक वृक्ष मेरो जिम्मेवारी’ जस्ता दिगो विकासका एजेन्डाहरुलाई नीतिगत तहमा पु¥याउने वातावरण संरक्षणका प्रखर अभियन्ताका रुपमा पनि परिचित हुनुहुन्छ ।

सम्बन्धित समाचार