नवकान्तिपुर संवाददाता
धुलिखेल (काभ्रेपलाञ्चोक), २२ फागुन ।


काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता निरन्तर कायम छ । आज बिहानदेखि निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिकाबाट गणना सुरु गरिएको हो ।
हालसम्ममा निर्वाचन क्षेत्र नं २ अन्तर्गतका धुलिखेल र पनौती नगरपालिकाका वडाहरू गणना सम्पन्न गरेको हो । पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र १२ सम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारीले नौ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले)का अशोककुमार ब्याञ्जु श्रेष्ठले चार हजार १४९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले दुई हजार ८०९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका वसुन्धरा हुमागाईँले एक हजार २६८ मत प्राप्त गर्नुभएको छ भने उज्यालो नेपाल पार्टीका ज्योत्सना संजुले ६७३ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले ३६४, प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्रीले २१, श्रम संस्कृति पार्टीका टङ्कबहादुुर लामाले ८८ मत र स्वतन्त्रका आसा तामाङले ५० प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का कार्यालयका अनुसार २० हजार ४४१ मत गणना भएकामा एक हजार ८८ मत बदर भएको जनाएको छ ।
