नवकान्तिपुर संवाददाता
मोरङ, २३ फागुन ।


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संंस्कार र संस्कृति महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आज एक विज्ञप्ति जारी गरी मोरङ क्षेत्र नं ६ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यलाई बधाई दिँदै उहाँले आफूले परिणामलाई सहज रूपमा लिएको बताउनुभयो ।
डा कोइरालाले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य उम्मेदवार विजयी भएको उल्लेख गर्दै आगामी संसद्मा युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो पक्षमा मतदान गर्ने सबै मतदाता र शान्तिपूर्वक रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
