पार्टी बैठकमा बोल्ने क्रममा ढल्नुभएका एमाले नेता एवम् कास्की जिल्ला इन्चार्ज थापाको निधन

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो ।

पार्टी बैठकमा बिहीबार बोल्ने क्रममा ढल्नुभएका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उहाँलाई मृत घोषणा गरिएको हो ।



थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

सम्बन्धित समाचार