दुई दिनदेखि हराएका युवकको शव फेला

बिहीबारदेखि हराएका कालिकोट नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उहाँको शव शनिबार नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उहाँ बिहीबार खाना खाएर घरबाट निस्किनुभएको थियो । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । शनिबार दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताउनुभयो ।

“उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार