अध्यक्ष दाहालद्वारा ओलीप्रति समवेदना व्यक्त

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

सम्बन्धित समाचार