
झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आइतबार चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चार जना घाइते भएका छन् ।
स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिन खोज्दा विच्किएर स्थानीयवासी र प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
घाइते हुनेमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ, बुद्धशान्ति –६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर नगरपालिका –१० का २६ वर्षीय विशाल कार्की र बद्धशान्ति–६ का ५४ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।
चारै जना घाइतेको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको छ ।


