नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
बालेनले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उहाँको प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।
