नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ चैत ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेपनि न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो ।
यता ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको बताएका थिए । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा भएको दमनको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो ।
यसअघि ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन जाँचबुझ गर्न गठित आयोगले सिफारिस गरेको थियो ।
