एमाले संसदीय दलको नेतामा थापा चयन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो ।

उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिनुभयो । प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

सम्बन्धित समाचार