नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
सिंहदरबार शुक्रबार बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान गर्ने निर्णय गरेको हो । ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहनुभएको छ ।
शुक्रबार हुने निर्वाचनका लागि उपभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहनुभएको छ ।


