नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण, को-को भए मन्त्री ?

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराउनुभएको हो ।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबारै उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार