नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधान अनुसार आउँदो जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि बजेट छलफल समेत हुनेगर्छ ।


