नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।
सो निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतका सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका सहसचिव कृष्णकुमारी श्रेष्ठलाई उद्योग र युवा तथा खेलकुद मन्त्रालयमा काजमा रहेका सहसचिव रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।
सरकारले अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुस्लिम आयोगका सहसचिव रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहेका सहसचिव सन्तोषकुमार दाहाललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालय, सञ्चार मन्त्रालयअन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।
