नवकान्तिपुर संवाददाता
दमौली (तनहुँ), २३ वैशाख ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ । उहाँको पहलमा वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।
उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गर्नुभयो । स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार गर्न सहयोग पुग्ने शिक्षा अधिकृत कुँवरले बताउनुभयो ।
स्थानीय तहमा प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको रास्वपा सभापति बास्तोलाले बताउनुभयो ।

