
नृत्य निर्देशक संघ नेपालद्वारा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौंमा हालै सम्पन्न भएको छ । संघको तेस्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ९४ वर्षीय नृत्य शिरोमणि भैरवबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशकहरू कमल राई, राजु शाह, आरसी कोइराला, जोगेन्द्र केसी तथा चन्द्रमान मुनिकारलाई संघको केन्द्रीय सल्लाहकारमा चयन गरिएको घोषणा गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष भुवनदास श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शम्भु शाही, उपाध्यक्ष केशव कोइराला, महिला उपाध्यक्ष शारदा सोती शर्मा, महासचिव ऋषिकेश श्रेष्ठ, सचिव कृष्ण रसाल, कोषाध्यक्ष संगीता शाही खड्की तथा सह–कोषाध्यक्ष चूडामणि फुँयाल रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा अजयकुमार विष्ट, बाबु सेञ्चुरी, देवराज गुरुङ, छिरिङ लामा, विजय घिसिङ, पिंकी खड्का, दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ तथा अनिता रञ्जितकारलाई परिचयपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका अवसरमा संघअन्तर्गत रहेका विभिन्न प्रदेश, जिल्ला तथा नगर कार्यसमितिहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै संस्थापक कार्यसमितिका सदस्यहरूलाई सम्मान गरिएको थियो । साथै, आजीवन सदस्य भवानी कोइरालालाई पनि परिचयपत्र प्रदान गरिएको जनाइएको छ ।

यसै अवसरमा संघको २०८३ सालको “डिडान भित्तेपात्रो” विमोचन गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यका रूपमा दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ, अनिता रञ्जितकार तथा लुम्बिनी प्रदेशका लोकेन्द्र शाहलाई मनोनयन गरिएको जानकारी गराइएको थियो ।

