केयुको उपकुलपतिको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उहाँलाई जिम्मेवारी तोक्नुभएको हो ।

उहाँ सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुनुहुन्छ । आजैदेखि उहाँले कार्यभार पनि सम्हाल्नुभएको केयुले जनाएको छ ।

सम्बन्धित समाचार