ह्वात्तै घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा सुनको मूल्य आज ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु १० हजार १०० ले घटेको हो ।

हिजो मंगलबार रु ३ लाख एक हजार ९०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ९२ हजार ८०० कायम भएको छ । त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ घटेको छ । मंगलबार चार हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ७४० रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार