रास्वपा महिला उपसभापतिमा सोविता गौतम निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी हुनुभएको छ । उहाँले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गर्नुभएको हो ।

उहाँले उपसभापति पदमा ७८९ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाउनुभएको थियो । यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

निर्वाचित कार्यसमितिलाई शुक्रबार नै शपथ गराउने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार