सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने

विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र तेस्रो पटक छ दिन र अहिले चौथो पटक पांच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

सम्बन्धित समाचार