सरकारले एक सय दिनमा रचनात्मक काम गर्यो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताउनुभयो ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिनुभएको हो ।

उहाँले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार