नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन।

महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा पठाओ चालक ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय प्रविन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रविनले महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लिल, अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

