मध्यपूर्वमा तनाव बढेपछि नेतन्याहु वासिङ्टन प्रस्थान

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगच मङ्गलबार हुने भेटवार्ताका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री नेतन्याहु तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको साटो दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम सैन्य हवाई अड्डाबाट वासिङ्टनतर्फ प्रस्थान गरेको इजरायलको सरकारी कान टिभी न्युज र अन्य स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेतन्याहुले आफूले ट्रम्पसँग इरानको मुद्दा, इजरायलको सुरक्षा र इजरायलको शान्तिको घेरा विस्तार गर्ने प्रयासका बारेमा छलफल गर्ने बताउनुभएको थियो ।

इजरायलको च्यानल १२ न्यूजका अनुसार नेतान्याहूले ट्रम्पलाई आणविक बमको दिशामा इरानको प्रगतिको बारेमा अद्यावधिक गोप्य जानकारी प्रस्तुत गर्ने, दक्षिणी लेबनान र सिरियाबाट इजरायलको फिर्तीको अमेरिकी मागको विरोध व्यक्त गर्ने र अमेरिकी राष्ट्रपतिलाई टर्कीलाई हतियार प्रणाली र एफ–३५ जेट नबेच्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार