राससको पदपूर्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज

सर्वोच्च अदालतले राष्ट्रिय समाचार समिति (रासस) को पदपूर्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले राससको विनियमावली र पदपूर्तिसम्बन्धी विज्ञापनविरुद्ध परेको रिट निवेदन शुक्रबार खारेज गरेको हो ।

राससमा कार्यरतद्वय कुमार अभिनव र दीपक चन्दले पदपूर्तिसम्बन्धी प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गर्दै गत असार ३२ गते समिति, सूचना तथा सञ्चार मन्त्रालय र लोकसेवा आयोगविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएर उक्त रिट निवेदन शुक्रबार खारेज हुने ठहर गरेको हो ।

सम्बन्धित समाचार