नवकान्तिपुर संवाददाता
जनकपुरधाम, २५ साउन।

जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको सोमबार निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका उहाँको सोमबार उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिनुभयो ।
यसैबीच वडाध्यक्ष साहको निधनको शोकमा सोमबार जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिएको थियो ।
प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेक सबैमा शोक बिदा दिइएको हो ।
