जाजरकोटको काल्सेनी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:०८ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

यसअघि गत साउ १८ गते रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार