कोशी प्रदेशसभाको बैठक आह्वान

कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गर्नुभएको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो

आगामी बैठक कोशी प्रदेशसभा कटहरीमा बस्ने सूचनामा जनाइएको छ । सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि सूचना प्रकाशित गर्नुभएको सचिव खड्काले जानकारी दिनुभयो ।

नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो । गत भदौमा भएको जेनजी आन्दोलनअघि बैठक जिल्ला समन्वय समितिको परिसरभित्र निर्मित भवनबाट सञ्चालन भइरहेको थियो ।

सम्बन्धित समाचार