नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई बुधबार झुटा विवरण पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना र सजायको मागदाबी गरिएको जानकारी दिनुभयो ।

