नवकान्तिपुर संवाददाता
संयुक्त राज्य अमेरिका, ५ भदौ।

अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
विमान आलस्का राज्यको दक्षिणपश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु कोहि जीवित नरहेको पुष्टि गरेकोसमेत आलास्का कमान्डले जनाएको छ ।
अलास्काको हवाई क्षेत्रमा सञ्चालित विमानलाई निर्देशन गर्ने राडार क्षेत्रमा जहाजमा रहेका मानिसहरूले के गरिरहेका थिए भन्नेबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
अलास्कन कमान्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताएका छन् ।
यस्ता घटना सैन्य परिवार र सन्य सेवा गर्ने समुदायहरूका लागि विनाशकारी क्षति भएको अलास्कन कमान्ड प्रमुख रोबर्ट डेभिसले बताउनुभएको छ ।
सैन्य लेफ्टिनेन्ट जनरल डेभिसले ती व्यक्तिहरू महत्त्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवरहरू भएको उनीहरुले जनाएका छन् ।

