प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग गर्ने भएको छ ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी रु ५१ लाख एक सय पाँच उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेहरूको स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार