भोटेकोशी बाढी : सेनाद्वारा ४० विदेशीसहित ७०० जनाको उद्धार

रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले २९ भारतीय, चार जर्मन, चार चिनियाँ, एक ओमानी र दुई कोरियन नागरिकको उद्धार गरेको छ । प्रभावित जिल्लामा करिब चार हजार ५०० भन्दा बढी फौज परिचालित भएका छन् ।

तीनवटै सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन् ।

सम्बन्धित समाचार