ओमेटो भेन्चर्स लिमिटेडद्वारा बाढीपीडित परिवारलाई १० लाख बराबरको राहत सामग्री वितरण

भोटेकोशी तथा त्रिशूली नदीको बाढीका कारण प्रभावित बनेका नुवाकोटका २०० बाढीपीडित परिवारलाई ओमेटो भेन्चर्स लिमिटेडले  १० लाख बराबरको अत्यावश्यक राहत सामग्री वितरण कार्य सम्पन्न गरेको छ। ​

कम्पनीले प्रत्येक प्रभावित परिवारलाई ५,००० बराबरको अत्यावश्यक सामग्री (खाद्यान्न,  सुरक्षित पिउने पानी तथा दैनिक उपभोग्य वस्तु) समावेश गरिएको विशेष कार्टुन प्याकेज प्रत्यक्ष रूपमा हस्तान्तरण गरेको हो। ​

स्थलगत राहत वितरण र टोलीको फिर्ता ​ओमेटो भेन्चर्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलको प्रत्यक्ष नेतृत्वमा गएको उच्चस्तरीय टोलीले स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूसँगको समन्वयमा नुवाकोटका अति प्रभावित क्षेत्रहरूमै पुगेर राहत वितरण सम्पन्न गरी काठमाडौँ फर्किएको छ।

नुवाकोटका प्रत्यक्ष प्रभावित बस्तीहरूमा पुगी २०० परिवारलाई जनही ५,००० बराबरको राहत कार्टुन (कुल रु. १० लाख बराबरको सामग्री) वितरण गरी पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । ​

सामाजिक उत्तरदायित्वलाई प्राथमिकता ​राहत वितरण कार्य सम्पन्न गरी फर्किएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले विपद्का बेला नागरिकको साथमा उभिनु निजी क्षेत्रको नैतिक तथा सामाजिक जिम्मेवारी भएको बताएका छन्। ​

“हामी नुवाकोटका प्रभावित क्षेत्रमा स्वयं पुगेर २०० परिवारलाई राहत कार्टुन बुझाई फर्किएका छौँ। सहकार्य र सामाजिक उत्तरदायित्व नै ओमेटो भेन्चर्सको मूल सोच हो। कठिन परिस्थितिमा प्रभावित समुदायलाई पुनःस्थापना गर्न ओमेटो सधैँ अग्रपंक्तिमा रहनेछ।”

​बाढी तथा पहिरोका कारण विस्थापित र प्रभावित बनेका नागरिकहरूलाई सहज जीवनयापनमा फर्काउन भेन्चर्सले आगामी दिनहरूमा पनि संस्थागत क्षमताअनुसार राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरूलाई निरन्तरता दिने भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत पोख्रेलले ​ प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार