बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु

बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । ड्रोन ढुवानी सेवाको पहिलो दिन आइतबार स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ ।

आइतबार १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसैगरी आज टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी छ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ ।

यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव सङ्कलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार