वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् ।

उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब रु ६४ अर्बको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन् । केही परियोजना ठूलो लगानीको हुने भएकाले पुँजीको आकार बढ्न जाने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार