नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति गणेश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सभापति पराजुली बुधबारै निर्विरोध निर्वाचित हुनुभएको हो । हिमाली क्षेत्रको विपत्तिलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै सभापति पराजुलीले विगत ५ सय वर्षमा नदेखिएको प्रकृतिको महाविपत्ति नेपालले भोग्नुपरेको बताउनुभयो ।
जलवायु परिवर्तन र नेपालको विपद् व्यवस्थापनबीचको सम्बन्धलाई थप स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको ‘जलवायु न्याय’ को मुद्दालाई अब व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

