राष्ट्रपतिसँग सभामुखको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका सङ्घ (आइपीयु)को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो ।

भेटमा आइपियु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार