तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक शनिबार साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए । नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताउनुभयो ।

सम्बन्धित समाचार