कांग्रेस महाधिवेशन : सभापति थापाद्वारा प्रस्तुत प्रतिवेदनसहित चार वटा प्रतिवेदन पारित हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ ।

बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।

यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले निरन्तर विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिनुभयो । छलफलमा सात प्रदेशकासहित भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि पनि सहभागी हुनुहुन्छ ।

सम्बन्धित समाचार